
वीरगन्ज, भदौ १८ । गएको चैत १७ गते बारा र पर्सामा आएको शक्तिशाली हावाहुरी ‘टोर्नाडो’बाट प्रभावित स्थानीयलाई बुधबार घर हस्तान्तरण गरिएको छ ।
वीरगन्जस्थित जनता आवास पुनःनिर्माण कार्यक्रम समापन तथा हस्तान्तरण समारोहमा हुरीप्रभावित बारा र पर्साका स्थानीय तहका प्रमुखलाई कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पोखरेलले घरको नमुना हस्तान्तरण गरेका हुन् ।
मन्त्री पोखरेलले समयमै घर निर्माण गरेकामा नेपाली सेनालाई धन्यवाद दिए ।
सो ‘टोर्नाडो’बाट ठूलो जनधनको क्षति भएको थियो ।
हावाहुरीपीडितका लागि निर्माण गरिएका घरको गएको चैत २१ मा शिलान्यास गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्