११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पशुप्रेमीहरु सडकमा


0
Shares

काठमाडौं, भदौ १८ । गएको शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट सुर्खेत पुर्‍याइ भीरबाट लडाएर गौहत्या गरेको तथा खोटाङको दिक्तेलमा सामूहिकरुपमा कुकुर मारेको घटनाको विरोध गर्दै बुधबार राजधानीको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।

पशु कल्याण संघ नेपालको अगुवाइमा पशुप्रेमीहरुले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरु पशुपक्षीप्रति संवेदनशील नबनेको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले पशु संरक्षण ऐन तत्काल लागू गर्न सरकारसँग माग गरेका थिए ।

उनीहरुले गौहत्या तथा कुकुर हत्यामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।