११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


गौहत्या प्रकरणः छानबिन टोली के गर्दैछन् ?


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, भदौ १८ । सुर्खेतमा भएको गौहत्या प्रकरणमा नेपालगन्ज उपमहानगरपालिका र गृह मन्त्रालयको छानबिन समितिले काम सुरु गरेका छन् । दुवै टोलीले छुट्टाछुट्टैरुपमा अनुसन्धान सुरु गरेका छन् ।

यही भदौ १३ गते दैलेख पुुर्‍याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भीरहरुमा खसालेर हत्या गरिएको थियो ।

गत शुक्रबार ८ ओटा ट्रकमा ल्याइएका ३९१ चौपायाहरुलाई वीरेन्द्रनगर नगरपालिकाको भीरदेखि कटकुवासम्म विभिन्न ठाउँमा खसालिएको थियो । केही ठाउँमा ट्रकबाट सीधै गाईहरुलाई भीरबाट खसालिएको थियो ।

मंगलबारसम्म मृतक गाईहरुको संख्या ३६ पुगेको छ ।

यस सम्बन्धमा छानबिन गर्न गठित नेपालगन्ज उपमहानगरपालिका र गृह मन्त्रालयको छानबिन समितिले छुट्टाछुट्टैरुपमा घटनाको छानबिन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले गठन गरेको छानबिन टोलीसमेत सुर्खेतमै छ ।

समितिले सुर्खेत र दैलेख पुगेर छानबिन गरेको समितिका संयोजक विकास आचार्यले जानकारी दिए ।

नेपालगन्जको काञ्जीहाउसदेखि गाईगोरु मृत भेटिएका घटनास्थलको स्थलगत अध्ययन गरिएको आचार्यको भनाइ छ ।

सुर्खेतको कटकुवा र सुब्बाकुनानजिकैको भीरमा मृत भेटिएका गाईगोरुको छानबिन गर्न गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजकसमेत रहेका उपसचिव सागरमणि पाठकको टोली सुर्खेत आइपुगेको हो ।

संयोजक पाठकले नेपालगन्जबाट गाईगोरु मृत भेटिएकोबारेमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुन नदिन सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयलाई दिनेछ ।

जंगलको भीरबाट खसालेर गाईगोरु मारेको अभियोगमा पक्राउ परेका ट्रकका चालक, सहचालक गरी सातजनालाई प्रहरीले गोबध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्नुहोस्