१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


टेनिस टुर–जे फाइभमा अभिलाषाको जोडी पहिलो


0
Shares

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर–जे फाइभको पहिलो सर्किटअन्तर्गत महिला डबल्समा पहिलो हुन सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गर्‍यो । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी पराजित भएको छ । नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले २–६, ६–२ र १०–६ को सेटमा हराए ।

महिला र पुरुष एकलमा भने नेपाली खेलाडीहरू फाइनलसम्म पुग्न सकेनन् । एकलको फाइनल शनिबार हुनेछ ।