Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


काठमाडौंमा विशाल सभामैदान आवश्यक– पूर्वमन्त्री बाँस्कोटा


13
Shares

काठमाडौं । पूर्वमन्त्री एवं ओलीपक्षीय नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा विशाल सभामैदान बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार आफ्ना पक्षको बृहत् जनसभापछि पूर्वमन्त्री बाँस्कोटाले मूलवक्ताको अनुहार नै नदेखी सहभागी फर्कनुपर्ने अवस्था भइरहेकाले विशाल सभामैदानको आवश्यकता रहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘आजको जनसभापछि तपाईंहरुले के सोच्नु भो म भन्न सक्दिन । मैले सोचेँ अब काठमाडौैंले एउटा विशाल सभा मैदान तत्कालै बनाउन थाल्नु पर्ने देखियो नत्र मुलवक्त्ताको प्रत्यक्ष अनुहार नै नदेखि सहभागीहरू फर्कनुपर्ने भइरहने भो ।’

उहाँले शुक्रबारको सभा ठूलो भएको दावी गर्दै कुतर्क गर्नेलाई छुट भएको उल्लेख गर्नुभयो । उहाँले अगाडि लेख्नुहुन्छ, ‘सभा कत्रो भो ? बहस गर्नेलाई छुट छँदैछ नि कुतर्क गर्नलाई ।’