Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


देश चुनावतर्फ गयो-गयो : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ गयो गयो, चुनावले सबैकुराको फैसला गर्छ ।’

दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ ?’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मञ्चबाटै सहभागीहरूसमक्ष ‘अस्थिरता होइन, चुनाव चाहियो’ भन्दै नारा लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूहरूले अदालत र निर्वाचन आयोगलाई आग्रह गरेको भए पनि दाहाल–नेपाल समूहले धम्कयाएको आरोप लगाउनुभयो । ‘हामी अरुले जस्तो धम्क्याउँदैनौं, तसाउँदैनौं,’ उहाँले भन्नुभयो, ‘हामी त विनम्रतापूर्वक आग्रह र अनुरोध गर्छौं ।’

उहाँले लिखित संविधान नभएको देश बेलायतको उदाहरण दिँदै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गर्नुभयो ।