११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मदिरा सेवनपछि लेनदेनमा विवाद, साथी–साथीबीच कुटपिट हुँदा एक जनाको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको कपनमा गएराति साथी–साथीबीच भएको विवादले उग्ररुप लिँदा एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट खोटाङको बारपोखरी नगरपालिका–६ का १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार सुरुमा सबैले सँगै मदिरा सेवन गरेको र पछि लेनदेनको विषयमा विवाद हुँदा कुटपिट सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झगडा हुँदा घाइते राईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अनुसन्धानका लागि मृतक राईका साथी सोलुखुम्बुका सागर बस्नेत, मोरङका अजय राई, सोलुखुम्बुकै प्रेम राई र इलामका सुसान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।