रसुवा । जिल्ला अस्पताल रसुवामा डेंगी रोगका लक्षण देखा परेका बिरामीको परीक्षण गर्ने उपकरण नहुँदा उपचार गर्न कठिनाई भएको छ ।
डेंगी रोगका लक्षणहरु देखा परेका बिरामीहरु जिल्ला अस्पताल आइपुग्दा जिल्लाको एक मात्र अस्पतालको ल्याबमा डेंगी भाइरस जिवाणु पता लगाउने उपकरणहरु नहुदाँ उपचार गर्न कठिनाई भएको अस्पतालले जनाएको छ ।
डेंगी भाइरस जिवाणु पता लगाउने उपकरणहरु नहुदाँ यस्ता बिरामीहरुलाई अन्यत्रै उपचार गर्न पठाउने गरिएको अस्पतालका डाक्टर दिपक मिश्रले जानकारी दिए ।
जिल्ला अस्पतालले डेंंगी भाइरस जिवाणु पता लगाउने उपकरण माग गरिएको बताइएको छ । डेंगी रोग नियन्त्रणका लागि रसुवामा सतर्कता अभियान सुरु गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्