११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


खोलाले बगाएर एक जना बेपत्ता


0
Shares

डीबी विष्ट

बझाङ, भदौ १८ । बझाङको बुंगल नगरपालिका–४ का ३६ वर्षीय दलविरे कार्की खोलाले बगाएर बेपत्ता भएका छन् । मंगलबार दिउँसो बुंगल नगरपालिका भएर बग्ने सानीगाड खालाले बगाएर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर ४ र ५ को सिमानामा पर्ने साउकाभडा भन्ने ठाउँबाट पार्की खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्यका लागि ईलाका प्रहरी चौकी बुंगलबाट प्रहरी टोली खटिएको छ । स्थानीय बासिन्दा पनि खोजी कार्यमा लागेका छन् ।