२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


चौथो हिन्द महासागर सम्मेलन भाग लिन मन्त्री ज्ञवाली माल्दिभ्समा


0
Shares

काठमाडौं । चौथो हिन्द महासागर सम्मेलन (आईओसी) मा भाग लिन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

२ दिनसम्म चल्ने सम्मेलनमा सहभागीबीच हिन्द महासागर क्षेत्रको सुरक्षामा रहेका पारम्परिक र गैर पारम्परिक चुनौतीका विषयमा छलफल हुने छ ।

सम्मेलनमा श्रीलंकाका प्रधानमन्त्री र सिंगापुर, माल्दिभ्स, मौरिसस, भारत र भुटानका विदेश मन्त्रीहरूको उपस्थितति रहने छ ।

मुख्यतः ग्लोबल वार्मिङ र समुद्री सतहको वृद्धि, प्रदूषण, आतंकवादलगायतका विषयमा छलफल गरिने आयोजक इण्डियन फाउण्डेसनले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले मादिभ्स्का समकक्षी अबदुल्ला साहिदसँग भेटवार्ता गरी नेपालले सन् २०२० मा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि निमन्त्रणा दिएका छन् । मन्त्री ज्ञवाली भाद्र १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।