मनिष गुप्ता
कपिलवस्तु, भदौ १७ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ वेलभारीया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये एक बालिकाको शव फेला परेको छ ।
सोमबार डुबेका तीन जनामध्ये एक बालिकाको शव बिहान फेला परेको हो भने दुई जना अझै बेपत्ता छन् । आज बिहान बेचनप्रसाद कोहारका १५ वर्षीय छोरी तारा कोहारको शव फेला परेको प्रहरीले जनाएको छ ।
कमलेस कोहारका २५ वर्षीय पत्नी तारामती कोहार र घनश्याम रैदासकी ८ वर्षीय छोरी खुश्वु रैदास अझै बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । उनिहरुको खोजी कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस्