२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कोरोनाको खोप लगाउदा बाझोपनको समस्या हुने हल्ला निराधार हो : प्रवक्ता गौतम


0
Shares

काठमाडौं, माघ २१ । नेपालमा हालसम्म १ लाख ३५ हजार १३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियान सुरु भएको ८ दिन भित्र १ लाख ३५ बढी व्यक्तिले खोप लगाइसकेको जानकारी दिनुभयो ।

उहाँले दूर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी र अन्तर्राष्ट्रिय सीमा नाकामा काम गर्ने कर्मचारीलाई भने अबको तीन दिन भित्र खोप लगाइसक्ने बताउनुभयो ।

खोप अभियानमा छुटेका व्यक्तिलाई पछि उमेर समुह अनुुसार लगाइने खोप अभियान कार्यक्रममा समभागी गराईने प्रवक्ता डा. गौतमले बताउनुभयो ।

प्रवक्ता डा. गौतमले खोप लगाउदा महिलाहरुमा बाझोपनको समस्या हुने हल्ला निराधार भएको स्पष्ट पार्नुभयो ।

सरकारले १० दिन भित्र फ्रन्टलाइनमा कार्यरत ४ लाख ३० हजार व्यक्तिमा खोप लगाई सक्ने जनाएको थियो ।