२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कम्युनिस्टहरूबाट संविधान च्यातिने खतरा– नेता कोइराला


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको मतबाट लेखिएको संविधान कम्युनिष्टहरूबाट च्यातिने खतरा रहेको बताउनुभएको छ ।

मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको बताउनुभयो ।

पार्टीको आन्तरिक गुटबन्दी र भागबण्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न नेता कोइरालाले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले संसद पुनःस्थापना नभएसम्म कांग्रेसले सडक संघर्ष नछाड्ने बताउनुभयो ।