
तस्विर फाइल
चितवन, माघ २१ । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन सुरु हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिँदै पौष ५ को कदमले लोकतन्त्रनै विघटन भएको उहाँको भनाई छ ।
लोकतन्त्रको हत्या गर्ने तानाशाहले कहिपनि चुनाव गराएको इतिहास नरहेको भन्दै वैशाख १७ र २७ मा चुनावनै नहुने उहाँको दावी छ ।
सत्तारुढ दलका दाहाल–नेपाल समूहलाई सुझाव दिँदै डा. भट्टराईले एक्ला एक्लै समूहगत सभा र आन्दोलनले ओली नसच्चिने भन्दै सवैसँग मिलेर वृहत आन्दोलनको तयारीमा लाग्न आह्वान गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्