काठमाडौं, भदौ १७ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ ।
सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ । राष्ट्रपति सीको भ्रमण ९ घण्टाको मात्र हुनेछ ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्