
काठमाडौं । हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् ।
बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरिन ।
पूजापछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए ।
मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्