ओलीले देश दुर्घटनातर्फ लैजान खोजे, संयुक्त आन्दोलनका लागि छलफलमा छौं– पूर्वप्रधानमन्त्री भट्टराई « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


ओलीले देश दुर्घटनातर्फ लैजान खोजे, संयुक्त आन्दोलनका लागि छलफलमा छौं– पूर्वप्रधानमन्त्री भट्टराई


0
Shares

अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ ।

अर्घखाँचीमा पत्रकारसँग कुरा गर्दैै उहाँले प्रधानमन्त्रीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि पनि छलफल भइरहेको जानकारी दिनुभयो ।