
डडेल्धुरा, भदौ १६ । सुर्खेतमा हालै भएको गौहत्याको विरोध गर्दै सोमबार डडेल्धुरामा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनावर गाईलाई नियोजितरुपमा हत्या गरिएको भन्दै विश्व हिन्दु महासंघ डडेल्धुरा शाखाले सदरमुकामको मुख्य बजार परिक्रमा गर्दै विरोध र्याली निकालेको हो ।
‘गाई मार्न पाइँदैन’, ‘गाई छोडनु पाप हो’, ‘गौरक्षाको लागि कानुन निर्माण गर’, ‘गाई मार्नेलाई कारबाही गर’लगायत लेखिएका विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।
विरोध र्यालीमा विश्व हिन्दु महासंघ आवद्ध विभिन्न समाजसेवी संघ–संस्थालगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्