११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


घरबाटै मोबाइल फोन चलाउन पाउँदा दंग !


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, भदौ १६ । अहिले युग सूचना–प्रविधिको विकासले विश्वव्यापीरुपमै ठूलो फड्को मारिसकेको छ ।

तर, देशकै दुर्गम मानिने बझाङको साइपाल गाउँपालिका बल्ल टेलिफोन सम्पर्कमा जोडिएको छ ।

नेपाल टेलिकमको टावर जडान गरिएसँगै मोबाइल सेवा सन्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् ।

बझाङको साइपाल गाउँपालिकाको धुली नाङ्नाको डाँडामा नेपाल टेलिकमले ‘नमस्ते’को टावर जडान गरेपछि गाउँपालिकाका सबै घरधुरीमा टेलिफोन सेवाको पहुँच पुगेको छ ।

यसअघि, स्थानीयले फोनसम्पर्कका लागि अग्लो भीरबाट ज्यानको बाजी लगाएर टाढा जानुपर्थ्यो ।

तर, अहिले घरमै फोन गर्न पाएपछि निकै सहज भएको स्थानीय ध्रुपु बोहरा बताउँछन् ।

फोन गर्नका लागि टाढा पुग्नुपर्ने त्यसमाथि महँगो मूल्य तिर्दा पनि समयमा नेटवर्क नआउँदा हैरान बनेका स्थानीयलाई यसले ठूलो खुसी दिएको छ ।

घरबाटै टेलिफोनमार्फत् सम्पर्क गर्न पाउँदा स्थानीय जसवीर बोहरा पनि दंग छन् ।

अकस्मात् बिरामी भएका बेला तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्न नसक्दा कैयौं बिरामीले अकालमै ज्यान गुमानुपर्ने बाध्यता थियो ।

टेलिफोन सुविधा पुगेसँगै यी र यस्तै कामका लागि ठूलो राहत पुग्ने भएको छ ।

दुई÷तीन घन्टाको पदैल हिँडर फोन गर्नुपर्ने झन्झट हटेपछि यहाँका महिलाहरु पनि उत्तिकै खुसी छन् ।

स्थानीय सरकार आएपछि टेलिफोन सुविधा पाएकोप्रति उनीहरु आभारी बनेका छन् ।

टेलिकमको टावरबाट १० किलोमिटर वरपरका बस्तीका साथै साइपालका हिमाली बेसक्याम्प अमलागाड, राईढुंगीलगायतका क्षेत्रमा टेलिफोन काम गरिरहेको छ ।

साइपाल गाउँपालिकामा टेलिफोनको सेवा सुचारु भएसँगै जिल्लाभरि टेलिफोन सेवा पुगेको हो ।

भिडियो हेर्नोस्