Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रियाललाई भियारियालले रोक्यो


0
Shares

काठमाडौं, भदौ १६ । स्पेनिस लिग फुटबल ‘ला लिगा’मा रियाल मड्रिडलाई भियारियालले २–२ गोलको बराबरीमा रोकेको छ ।

भियारियालको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जेरार्ड मोरेनो र मोइ गोमेजले एक/एक गोल गरे ।

तर, रियाल मड्रिडका ग्यारेथ बेलले दुई गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

एथ्लेटिको शीर्ष स्थानमा

ला लिगाकै अरु खेलमा एथ्लेटिको मड्रिडले आइबारलाई ३–२ ले हराउँदा भ्यालेन्सियाले मयोर्कामाथि २–० को तथा ग्रानाडाले इस्पानियोलमाथि ३–० को जित निकाल्यो ।

आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

७/७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

५ अंक जोडेको रियाल मड्रिड पाँचौं स्थानमा रहँदा ४ अंकसहित बार्सिलोना आठौं स्थानमा छ ।