
पर्वत, भदौ १५ । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङ्गस्थित मिलनचोक नजिकै कालीगण्डकी किनारमा एक वृद्ध महिलाको शव फेला परेको छ ।
म्याग्दीको धौलागिरि गाउँपालिका–७, धारापानी स्थायी घर भई हाल म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने ७० वर्षीया दिलमती रानाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
कालीगण्डकी किनारमा वेवारिसे अवस्थामा भेटिएको शव आफन्तहरु सम्पर्कमा आएपछि पहिचान भएको हो । उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्ताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
भदौ १० गतेदेखि घरबाट हराएकी वृद्धाको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्