३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


बंगलादेशका मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण


0
Shares

ढाका, भदौ १५ । बंगलादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ ।

शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।

आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ– ‘इस्लामिक स्टेट’ (आइए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।

स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो । उनलाई ६ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए ।

मन्त्री इस्लाम बंगलादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लागेको अवस्थामा सो घटना भएको डिएमपी कार्यालयले जनाएको छ । 

स्थानीय समय अनुसार शनिबार राति ९ः२० बजेतिर विस्फोट भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)