Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कांग्रेसका १३ वटै भातृ संगठनद्वारा सोमबार ७७ जिल्लामा प्रदर्शन


0
Shares

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ ।

विज्ञप्ति निकाल्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ ।

सोमबारको प्रदर्शनमा सहभागि हुन देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।

सोमबार प्रदर्शन गर्ने कांग्रेस भातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेको बताइएको छ ।