
काठमाडौं, भदौ १५ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरि कोषले हरितालिका तीजमा छिटो छरितो र सहज ढंगले पशुपतिको दर्शन गर्ने ब्यवस्था मिलाइएको जनाएको हो । तीजको दिन भोलि पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गर्ने व्यवस्था मिलाइएको छ ।
कोषले गुहेश्वरी, जयबागेश्वरी, एयरपोर्टतर्फ र बत्तीसपुतलीबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको जनाएको छ । कोषका सदस्यसचिव प्रदीप ढकालले गत वर्ष भक्तजनहरुको धेरै गुनासो आएपछि यसवर्ष भोलि साँझको आरतीपछि पनि पशुपतिका चारवटै टोका खुला गर्ने व्यवस्था मिलाइएको बताए ।
कोषले वृद्ध र अशक्तहरुलाई प्राथमिकताका साथ दर्शनको ब्यवस्था मिलाइएको पनि जनाएको छ । दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी खटाउने तयारी गरिएको छ ।
यस्तै, सुरक्षाका लागि नेपाल प्रहरीको नेतृत्वमा सबै सुरक्षा निकायहरु एकीकृत रुपमा परिचालित गरिने छ ।
प्रतिक्रिया दिनुहोस्