एबीएस र एफआई सहित नेपाल आए टीभीएसका बाइक, एनटर्क अब सुपर स्क्वाड एडिसनमा • Image Khabar Image Khabar


एबीएस र एफआई सहित नेपाल आए टीभीएसका बाइक, एनटर्क अब सुपर स्क्वाड एडिसनमा


Imagekhabar
१८ माघ २०७७, आईतवार ०८:१३

एबीएस र एफआई सहित नेपाल आए टीभीएसका बाइक, एनटर्क अब सुपर स्क्वाड एडिसनमा

काठमाडौ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एबीएस र एफआई भर्सनका बाइक तथा स्कुटर उपलब्ध गराउन थालेको छ ।

टीभीएसका लोकप्रिय बाइक अपाचे आरटीआर २०० फोरभी र १६० फोरभी अब एबीएस सहित उपलब्ध हुने भएका छन् ।

त्यसैगरी एनटर्क रेस एडिसन र वेगो स्कुटर एफआई प्रविधि सहित उपलब्ध हुने भएका छन् । कम्पनीले एनटर्क स्कुटरको सुपर स्क्वाड एडिसन समेत नेपाली बजारमा उपलब्ध गराएको छ । सो स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्सले नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा स्कुटरको मूल्य समेत यही फेब्रुअरी १ अर्थात माघ १९ देखि परिमार्जन हुने जानकारी दिएको छ ।

नेपाली बजारमा उपलब्ध टीभीएसका बाइक तथा स्कुटरको मूल्य यस प्रकार हुने बताइएको छ ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्