भैरहवा । तीजको अवसर पारेर भैरहवामा रहेको एक गैह्रसरकारी संस्थाले अनाथ बालबालिका र विपन्न महिलाहरुलाई दर खुवाएको छ ।
श्रृजनशिल हातहरु, रुपन्देही नामक गैह्रसरकारी संस्थाले भैरहवाको सिद्धार्थ बाल गृहमा रहेका बालिबालिकालाई दर खुवाउनुको साथै भैरहवा र आसपास क्षेत्रका विपन्न महिलाहरुलाई चुरा, पोते र कपडा वितरण गरेको छ ।
तीज हुनेखानेको मात्र नभई सबैको साझा पर्वको रुपमा मनाउनुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष रमिता थापा मगरले जानकारी दिइन ।
बालगृहमा रहेका बालबालिकाहरुलाई आफ्नो अभिभावक भएको अनुभुति होस भन्ने उद्धेश्यले उनीहरुसंगै खाना खाएर नाँचगान गरेर दर खाने कार्यक्रम गरिएको अध्यक्ष थापाले बताइन ।
कार्यक्रममा प्रदेश नम्बर ५, प्रदेशसभा सांसदद्वय सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डे पनि उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्