Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


आयोगद्वारा निर्वाचनको तयारी तीव्र, कार्यतालिका बन्दै


0
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ ।

आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यतालिका बन्ने क्रममा छ । कार्यतालिका स्वीकृत भएसँगै निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ ।

दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिनुुभयो । ‘निर्वाचन कार्यक्रम कार्यतालिकाको मस्यौदा बन्दै गरेको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूूचना जारी गर्नेछ ।’

कार्यतालिका स्वीकृत भएपछि निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको बहस सर्वाेच्च अदालतमा बहस जारी रहेकाले निर्वाचनका लागि तोकिएको मिति साँघुरिदै गएको बताउनुभयो ।