रसुवा । रसुवाको स्याफ्रुबेंसी रसुवागढी सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गएराति दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
सडकखण्डको कालाङ कुलुङ पुल नजिक र तातोपानीमा पहिरो गएको रसुवागढी हाइड्रोपावरले जनाएको छ ।
हिजो बिहान मात्रै तातोपानीमा गएको पहिरो दिनभर लगाएर खोलिएको थियो ।
सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दुरीका सबै यातायात सञ्चालन हुन सकेका छैनन । चीन तर्फ जाने सबारी साधन र पर्यटक समेत बीच बाटोमै रोकिएका छन् ।
अहिले हाइड्रोपावरको स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम भइरहे पनि दिनभर सडक नखुल्ने हाइड्रोपावरका जनसम्पर्क अधिकृत टीका पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्