१ असार २०८१, शनिबार | Sat Jun 15 2024


कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको छ : महामन्त्री कोइराला


0
Shares

नवलपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ ।

शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको जिकिर गर्दै अदालतप्रति कांग्रेसले भरोसा राखेको उल्लेख गर्नुभयो ।

महामन्त्री कोइरालाले ओली सरकार काम चलाउ भएकाले कुनै पनि महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताउनुभयो ।

शहीदले मुलुकप्रति गरेको योगदानलाई विर्सन नहुने भन्दै उहाँले देशलाई संकटबाट जोगाउन उनीहरुले देखाएको बाटोमा हिड्नु पर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सासंद विष्णुप्रसाद लामिछाने, सासंद ओमकला गौतम लगायतले शहीद परिवारलाई राज्यले नहेरेको भन्दै गुनासो गर्नुभयो ।