१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


कला, संस्कृति र भाषाको संरक्षण गर्न युवापुस्तासित आग्रह


0
Shares

काठमाडौं, भदौ १४ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले कला, संस्कृति र भाषाको संरक्षण गर्न युवापुस्तासित आग्रह गरेका छन् ।

सिम्रिक युवा परिवारले आफ्नो वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले संस्कृतिको पहिचानबाटमात्र मुलुक समृद्ध हुने बताए ।

संस्कृतिविद् जोशीले मुलुकको विकासका लागि युवा वर्गले जिम्मेवारी लिनुपर्ने भन्दै राज्यका प्रत्येक निकायमा युवाको सहभागिता आवश्यक रहेकामा जेड दिए ।

कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै समाजसेवी लक्ष्मीदास मानन्धर, गणेशबहादुर सायमिलगायतलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको १७ नम्बर वडाबाट एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाईसमेत सिम्रिक युवा परिवारले सम्मान गरेको थियो ।