हुन्डाईको भविष्य योजनाः यो वर्ष १० लाख कार बनाउने, ३० प्रतिशत निर्यात • Image Khabar Image Khabar


हुन्डाईको भविष्य योजनाः यो वर्ष १० लाख कार बनाउने, ३० प्रतिशत निर्यात


Imagekhabar
१६ माघ २०७७, शुक्रबार ०७:३२

हुन्डाईको भविष्य योजनाः यो वर्ष १० लाख कार बनाउने, ३० प्रतिशत निर्यात

काठमाडौं । हुन्डाई ग्रुपले भारतमा दुई ब्रान्ड हुन्डाई र किया अन्तर्गत लगभग १० लाख युनिट कार निर्माण गर्ने योजना रहेको छ । यदि यसो गर्न सकेमा हुन्डाईको लागि यो सबैभन्दा ठूलो आँकडा हुनेछ ।

दक्षिण कोरियाली समुहले हुन्डाई ब्रान्डको ७ लाख र किया ब्रान्डको २ लाख देखि ३ लाख युनिट उत्पादन गर्ने योजना बनाइरहेको छ । कोरोना भाइरस पछि अधिकांश ग्राहक निजी सवारी खरिद गर्ने सोचमा रहेका छन् ।

रिपोर्टका अनुसार प्रोडक्शनको ३० प्रतिशत निर्यात गर्नेछ । कम्पनीले केही समयको लागि प्रोडक्शन बढाउने विचार गरिरहेको छ । कोरोना पछि अटो व्यवसायीहरु २०१८ को स्तरमा पुग्नको लागि ३ वर्षको समय लाग्ने अनुमान गरिएको थियो । सायद सो अनुमान चाँडै नै लक्ष्यमा पुग्ने विश्वास गरिएको छ ।

हुन्डाईले दुई ब्रान्डबाट बिक्री बढाउनको लागि र भारतीय बजार हिस्सा बढाउने रणनीतिको साथ अगस्त २०१९ मा किया ब्रान्ड पेश गरेको थियो । सो रणनीतिले काम गर्‍यो र यसको कम्प्याक्ट र मिड साइज एसयूभी सोनेट र सेल्टोसको बिक्री उच्च रहेको थियो । नेपाल अटो

प्रतिक्रिया दिनुहोस्