 
	    पश्चिम नवलपरासी । जिल्लामा दुई छोरीलाई विष खुवाएर आफूले पनि सेवन गरेकी आमासहित तीनजनाको मृत्यु भएको छ ।
सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूले पनि विष खाएर २ छोरीलाईसमेत विष खुवाएको प्रहरीले जनाएको छ ।
विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।
विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याइएका उनीहरूको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान मृत्यु भएको हो ।
बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीका श्रीमान जितेन्द्र वैदेशिक रोजगारीमा छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्