काठमाडौं । सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवं नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ ।
राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित वाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुस संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय भइसकेको छैन ।
२०४६ साल अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग (राअवि) भित्रै बाह्य मामिला हेर्ने गरी राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’ लाई प्रतिजासुसी इकाइका रुपमा खडा गरिएको थियो ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिक सरकारले २०४७ साल बैशाख ६ गते उक्त इकाइ खारेज गरेको थियो । त्यसको २९ बर्षपछि फेरि त्यस्तै प्रकृतिको प्रतिजासुसी निकाय बनाउन लागिएको हो । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्