५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘कृति अवार्ड’को ११औं संस्करण सम्पन्न


0
Shares

काठमाडौं, भदौ १३ । विज्ञापन एजेन्सीलाई प्रदान गरिँदै आएको ‘११औं कृति अवार्ड’ शुक्रबार सम्पन्न भएको छ ।

नेपाल विज्ञापन संघको आयोजनामा वर्षेनि हुँदै आएको अवार्डको ११औं संस्करणमा ३१ ओटा विधामा विभिन्न विज्ञापन एजेन्सीहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली विज्ञापन कम्पनीलाई सहज बनाउन विज्ञापन विधेयक ल्याइएको बताए ।

विज्ञापनको क्षेत्रमा वर्षेनि करोडौं रुपैयाँ बाहिरिने गरेको भन्दै नेपालमा बज्ने कुनैपनि बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा नेपाली कलाकार नै हुनुपर्ने उनको भनाइ छ ।

केही सामाजिक सञ्जालले भ्रम फैलाउने काम गरिरहेकाले त्यस्ता सञ्जाललाई व्यवस्थित गर्न सरकारले तयारी पनि गरिरहेको उनले स्पस्ट पारे ।

यस्तै, नेपाल विज्ञापन संघका अध्यक्ष्य रवीन्द्रकुमार रिजालले ‘क्लिन फिड’ले विज्ञापनको बजारलाई सकारात्मक सहयोग गर्ने भन्दै यो विधयेक पास हुनु स्वागतयोग्य भएको बताए ।

यस वर्षको उत्कृष्ट निर्देशक अवार्ड बिजनेस एडभान्टेजले पाएको छ भने उत्कृष्ट एनिमेसन अवार्ड आउटरिच नेपालले, उत्कष्ट क्यामेरा वर्क टिभिसि अवार्ड अभानी एडभरटाइजिङले पाएको छ ।

टिभिसिको उत्कृष्ट निर्देशनअन्तर्गत् आउटरिच नेपालले, उत्कृष्ट म्युजिक एरेन्जर ओरिजिनल इन्टरटेनमेन्टले पाएको छ भने भिजुअल इफेक्टतर्फ पनि अभानी एडभरटाइजिङ पुरस्कृत भएको  छ ।

रेडियोका लागि सरकारको उत्कृष्ट पिएसए अवार्ड म्याक्स मिडिया, मिटिङ प्वाइन्ट र मिडिया टर्नलले पाएका छन् ।