कम्युनिष्ट नेता पुटिनको १ सय अर्बको 'सेक्रेट महल', स्पा, क्यासिनो, हेलिप्याड तथा सिनेमा हलको सुविधा • Image Khabar Image Khabar


कम्युनिष्ट नेता पुटिनको १ सय अर्बको ‘सेक्रेट महल’, स्पा, क्यासिनो, हेलिप्याड तथा सिनेमा हलको सुविधा


Imagekhabar
१५ माघ २०७७, बिहीबार १०:५३

कम्युनिष्ट नेता पुटिनको १ सय अर्बको 'सेक्रेट महल', स्पा, क्यासिनो, हेलिप्याड तथा सिनेमा हलको सुविधा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सेक्रेट महलको खुलासा हुनासाथ उनका विरुद्धमा विरोध प्रदर्शन चर्किएको छ । यसको खुलासा पुटिनका कडा आलोचक तथा विपक्षी दलका नेता एलेक्स नाभाल्नीले गरेका हुन् ।

१७ जनवरीमा नाभाल्नीको गिरफ्तार गरिएको थियो । त्यसपछि यो भिडियो सार्वजनिक भएको हो । यस भिडियो नाभाल्नीको समूहले अपलोड गरेको थियो । यो भिडियो २४ घण्टामा २२ करोडले हेरेका छन् । यही सेक्रेट महलको विषयमा सार्वजनिक भएपछि रुसमा विरोध प्रदर्शन चर्किएको हो ।
१ सय अर्बको सीक्रेट महल
भिडियोमा नाभाल्नीले दावी गरेका छन् कि पुटिनको सेक्रेट महल १ सय अर्ब रुपैयाँको हो । यो महल दक्षिणी रुसको जेलेजिक शरमा छ र जसलाई ब्ल्याक सी को किनारामा बनाइएको छ । यो महल १ सय ७० एकड जमिनमा निर्माण गरिएको छ । यस महलमा वाइन यार्ड, स्‍पा, क्यासिनो, हेलिप्याड तथा सिनेमाजस्ता विषेश सुविधा उपलब्ध छ ।

हल देखि समुद्रको किनारा सम्म गोप्य सुरुङ
यस महलका बारेमा यस्तो बताइएको छ कि यो रुसको सबैभन्दा बढी व्यक्तिगत सम्पति हो र यसको हलदेखि समुद्र किनारसम्म जाने एक गोप्य सुरुङ निर्माण गरिएको छ ।

गुप्तचर एजेन्सीको निगरानीमा सेक्रेट सुरुङ
नाभाल्नीले आफ्नो भिडियोमा बताएका छन् कि महलको सुरक्षाका लागि वरिपरि गुप्तचर एजेन्सीले सुरक्षा दिइरहेको छ । यसको आसपास ७७ वर्गकिलोमिटरसम्मको जमिन गुप्तचर एजेन्सीको निगरानीमा छ ।

नो फ्लाई जोनमा सेक्रेट प्यालेस
यो महल नो फ्लाई जोनमा छ । यहाँ काम गर्ने कोही कर्मचारी क्यामेरा लिएर जान मनाही छ । महलमा आइस हक्कीका लागि स्टेडियम र चर्च पनि छ । पुटिनको सेक्रेट महलमा आलिशान मास्टर बेडरुम छ ।

नाभाल्नीले बताएअनुसार ड्रोनको सहायताले महल र वरिपरिको फोटो तथा फुटेज लिइएको हो । तर राष्ट्रपति पुटिनले यो महल आफ्नो नभएको बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्