दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी • Image Khabar Image Khabar


दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी


Imagekhabar
१५ माघ २०७७, बिहीबार १०:२५

दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको दाहाल–नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे सुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिनुभयो ।

सभा सुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै यो समूहले देशव्यापी रुपमा विरोधसभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्