Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


तरुण दलका नेताको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग


0
Shares

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेताको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ती जारी गरी २७ वर्षिय अमृतबहादुर सिंहलाई नेकपाका कार्यकर्ताले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको निन्दा र भ्रत्सना गर्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेको हो ।

छविसपाथिभेरा–३ स्थित बान्निचौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर फर्कने क्रममा मंगलबार साँझ सिंहलाई नेकपाको तर्फबाट निर्वाचित वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।

विज्ञप्तीमा पछिल्लो समय नेकपाका कार्यकर्ताबाट आफ्नो पार्टीका नेताकार्यकर्तामाथि गम्भिर रुपले आक्रमण र प्रहार हुन थालेको भन्दै यस्ता घटना नदोहो¥याउन चेतावनी दिइएको छ ।

प्रहरीले घटनामा संलग्न भनिएका ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।