नेप्सेमा करेक्सन, सवा ८ अर्ब माथी कारोबार • Image Khabar Image Khabar


नेप्सेमा करेक्सन, सवा ८ अर्ब माथी कारोबार


Imagekhabar
१३ माघ २०७७, मंगलवार १९:४०

नेप्सेमा करेक्सन, सवा ८ अर्ब माथी कारोबार

काठमाडौं, माघ १३ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आयो ।

उतारचढाव बिच बजार परिरसुचक नेप्से १७ अंकले ओरालो लागेर २४ सय २३ कायमभयो ।

कारोबार भने उच्च नै सवा ८ अर्ब हाराहारीमा रहा्यो ।

यसदिन कारोबार भएका अधिकांश समुहमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो ।

वित्त र होटल समुह बाहेक अरु सबै समुह ओरालो लागेका हुन् ।

यसदिन ४० कम्पनीको शेयर मुल्य बढ्दा १ सय २९ कम्पनीको शेयर मुल्य घट्यो ।

गुराँस लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाउँदा शिव श्री हाईड्रोपावर कम्पनीले बढी गुमाउन पुग्यो ।

यसदिन २ सय ७ कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर ८ अर्ब २७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्