५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


सेयरबजारमा गिरावट, कारोबार पनि खुम्चियो


0
Shares

काठमाडौं, भदौ १२ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार ऋणात्मक रहेरै थामियो । कारोबार पनि थप खुम्चियो ।

यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंक बराबरले ऋणात्मक रहेर ११ सय ९७ कायम भएर थामियो ।

यसदिन कारोबार कारोबार भएका अधिकांश समूह ओरालो लागेसँगै नेप्से पनि ऋणात्मक रहेको हो ।

विकास बैंक र वाणिज्य बैंक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ५० ओर्लंदा उत्पादनमूलक समूह पनि ३२ अंकले झर्‍यो ।

निर्जीवन बिमा समूहमा पनि दोहारो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका ९ लाख ७५ हजार कित्ता सेयर जम्मा २७ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।