१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


‘सीडीओ’हरुको सरुवा (सूची)


0
Shares

काठमाडौं, भदौ १२ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको एकैचोटीे सरुवा गरेको छ ।

गृह मन्त्रालयको बिहीबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

गृहकाअनुसार काठमाडौंको सीडीओमा जनकराज दाहाललाई ल्याइएको छ । काठमाडौंका यसअघिका सीडीओ रामप्रसाद आचार्यलाई गृह मन्त्रालय पठाइएको छ ।

ललितपुरको सीडीओमा भगिरथ पाण्डेलाई लगिएको छ । ललितपुरका हालका सीडीओ प्रेमराज जोशीलाई मकवानपुरको सीडीओमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयमा कार्यरत् सहसचिव महादेव पन्थलाई रुपन्देहीको सीडीओ बनाइएको छ ।

गृहमै कार्यरत् सहसचिव दीर्घनारायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

विस्तृत सूचीमा हेर्नोस्