५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


सुनको भाउ तोलामा ८०० ले बढ्यो


0
Shares

काठमाडौं, भदौ १२ । सुनको भाउमा पुनः वृद्धि आएको छ ।

बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ ।

बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।