
काठमाडौं । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले सरकारले आफूहरुलाई फरक ढंगको व्यवहार देखाएको आरोप लगाएका छन् ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको मितिनी नेपालले आज काठमाडौमा गरेको कार्यक्रममा सरकारले फरक व्यवहार गरेको आरोप लगाएका हुन ।
मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले लैंगिक समूदायले परिवार र समाजबाट बहिस्कृत हुनु परेको बताइन ।
समलिंगीहरुको नागरिकता सम्बन्धि समस्या अझै पनि सामधान हुन नसकेको भन्दै नागरिकताको व्यवस्था गर्न सरकारसंग माग गरिन् ।
संवैधानिक रुपमा यौनिक अल्पसंख्यकहरुको हक, अधिकारकोबारेमा व्यवस्था गरिए पनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको उनीहरुको भनाइ थियो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक चाँदनी कार्की, स्वस्तीका परियार लगायतले लैंगिक अल्पसंख्यक भएका कारण विवाह दर्ता हुन नसकेको, रोजगार पाउन नसकेको भन्दै समान रुपमा व्यवहार गर्न आग्रह गरे ।
कार्यक्रममा सांसदहरु तारादेवी भट्ट, प्रमिला राई, सरलाकुमारी यादवलगायतले यौनिक अल्पसंख्यकका समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनीहरुले यौनिक अल्पसंख्यक समुदायलाई पनि समाजमा खुलेर बस्ने वातावरण बनाउनको लागि भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्