निर्वाचन आयोगको निर्णयबाट निराश दाहाल समूह तेस्रो चरणको आन्दोलनमा, २८ गते काठमाडौंमा प्रदर्शन • Image Khabar Image Khabar


निर्वाचन आयोगको निर्णयबाट निराश दाहाल समूह तेस्रो चरणको आन्दोलनमा, २८ गते काठमाडौंमा प्रदर्शन


Imagekhabar
१२ माघ २०७७, सोमबार ११:३९

Dahal fraction decleare protest program

काठमाडौं, माघ १२ । नेकपा दाहाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै काठमाडौंमा वृहत प्रदर्शन गर्ने घोषणा गरेको छ ।

सोमबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना र १६ गते जुलुससहित शहीदप्रति श्रद्धाञ्जली दिइने छ ।

यसैगरी, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने जनाइएको छ ।

निर्वाचन आयोगको निर्णयबाट निराश दाहाल समूह तेस्रो चरणको आन्दोलनमा, २८ गते काठमाडौंमा प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको एकलौटी शैलीले पार्टी चल्न नसक्ने भन्दै पुष्पकमल दाहाल–माधव नेपाल समूह प्रतिरोधमा रहेकै समयमा ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि नेकपा दुई गूटमा विभक्त भएको छ ।

एकाले अर्कालाई कार्वाही गरेको भन्दै पार्टीको मूल नेतृत्व आफै रहेको दाबी गरिरहेका समयमा निर्वाचन आयोगले दुई समूहलाई अलग पार्टीको मान्यता दिन नसकिने निर्णय गरिदिएको छ ।

यस्तोमा कुन समूह अलग पार्टीका रुपमा निर्वाचन आयोगमा जाने भन्ने प्रश्न उब्जिएको छ । निर्वाचन आयोगको निर्णयबाट ओली समूह उत्साहित देखिएको छ भने दाहाल समूह निराश देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्