Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


‘टि प्लस टु’ मा जोखीम व्यवस्थापन गर्न स्टक ब्रोकर एसोसियसनको माग


0
Shares

काठमाडौं, माघ ११ । स्टक ब्रोकर एसोसियसनले आइतबारबाट धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको धितोपत्र फच्र्छाैट तथा राफसाफ चक्र टि प्लस टु व्यवस्थापन गर्न लगानीकर्ताको ध्यानाकर्षण गराएको छ ।

अझै पनि दोस्रो बजारमा कारोबार तथा राफसाफसँग सम्बन्धित पुर्वाधार पुर्ण र स्वचालित नभएको अवस्थामा टि प्ल टु मा अझै जोखीम बढ्ने भन्दै संस्थाले बोर्डको पनि ध्यानाकर्षण गराएको छ ।

एसोसियसनले राफसाफ चक्रमा जाँदा जोखिम ब्यवस्थापनको लागि राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एटर्नी, अटो इडिआइएस जस्ता ब्यबस्था चाँडै गर्न समेत माग गरेको छ ।