Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


‘प्रतिनिधिसभा पुनःस्थापना भएपनि नेकपाका कारण समस्या समाधान नहुने’


0
Shares

काठमाडौं, माघ ११ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ ।

जसपा र नेपाल लोकतान्त्रिक पार्टीबीच आइतबार काठमाडौंमा भएको पार्टी एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा पुनः स्थापना भए पनि नेकपा कानूनी रुपमा विभाजित नभएकाले सत्ता उसकै हातमा जाने भएकाले समस्याको समाधान नगर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै प्रतिगमनलाई परास्त गर्न संसद विघटनको कदमलाई खारेजी गर्नु पर्ने उहाँको भनाइ छ ।
बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि बिचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राख्नुभयो ।

कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उहाँको आरोप छ ।

Skip This