५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बचतकर्तालाई ब्याजदरमा अन्याय नगर्नोस् : अर्थमन्त्री


0
Shares

काठमाडौं, भदौ ११ । अर्थमन्त्री डा. युवराज खतिवडाले बचतकर्तालाई ब्याजदरमा अन्याय नगर्न आग्रह गरेका छन् ।

बुधबार राजधानीमा राष्ट्रिय वाणिज्य बैंकका १४ ओटा शाखाहरुको एकैपटक विद्युतीय माध्यमबाट उद्घाटन कार्यक्रममा उनले मूल्यवृद्धि दरभन्दा कम बचतमा ब्याजदर हुन नहुने बताए ।

बचतकर्तालाई ब्याजदरमा अन्याय गरे यसले अर्थतन्त्रमै ठूलो असर पार्नसक्नेतर्फ ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई उनले आग्रह गरे ।

मन्त्री खतिवडाले सरकारले पुँजीबजारको सुधारका लागि धेरै गरेको भन्दै अब संस्थाहरुले नाफा कमाएर लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने बताए । नाफा समाजले स्वीकार्नेखालको हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नम्बर–१ मा २, प्रदेश नम्बर–२ मा ४, प्रदेश नम्बर–३ मा ३, गन्डकी प्रदेशमा २ र प्रदेश नम्बर–५ मा तीनओटा शाखा एकैपटक सन्चालनमा ल्याएको हो ।