Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, पदाधिकारीले गरे छलफल


0
Shares

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार दिउँसोका लागि डाकिएको बैठक स्थगित भएको हो ।

सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरु पार्टी केन्द्रीय कार्यालय सानेपा पुगिसकेको अवस्थामा पौडेल नआउने जानकारी पाएपछि पदाधिकारीमात्र बैठक बसेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकले यही भदौ २४ गतेदेखि पार्टीले सुरु गर्ने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको रणनीतिबारे छलफल गरेको उनले बताए ।

शर्माले सन्चारकर्मीसित ‘भिडियो कन्फरेन्स’मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेकामा आपत्तिसमेत जनाए ।

केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने जनाइएको छ ।