विराटनगर, भदौ ११ । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहित पेस गरेको उक्त विधेयक प्रदेशसभाको बुधबार बसेको बैठकले सर्वसम्मत् पारित गरेको हो ।
विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने बाटो खुलेको छ ।
विधेयकले कानुनको रुप ग्रहण गरेपछि विभिन्न स्वायत्त संस्था र निकायहरू गठन गर्ने बाटो खुल्नेछ भने आमसन्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठानजस्ता स्वायत्त संस्था तथा संरचनाको छुट्टा–छुट्टै कानुन बनाउनुपर्ने अवस्थासमेत अन्त्य हुनेछ ।




प्रतिक्रिया दिनुहोस्