
काठमाडौं, साउन ६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले बीपी कोइराला सबै राजनीतिक परिवेशका नेताहरुले सम्मान गर्ने व्यक्तित्व भएको बताएका छन् ।
बीपी कोइरालाको ३६औं स्मृति दिवसको अवसर पारेर आइतबार राजधानीमा गरिएको कार्यक्रममा उनले ‘बीपी कोइरालाको राजनीति, साहित्य, दर्शनशास्त्र, समाजशास्त्रलगायतका क्षेत्रमा राम्रो दख्खल थियो’–भने ।
कार्यक्रममा सहभागी नेपाली कांग्रेस नेताहरुले बीपीको राजनीतिक विचारको चर्चा गर्नुका साथै कांग्रसले पछिल्लो समयमा बीपीका सिद्धान्त छाड्दै गएकोप्रति गुनासो गरेका थिए ।
सो अवसरमा राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२ नामक पुस्तक सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्