'बच्चन पाँडे'मा भिलेनको रुपमा देखिदै अक्षय, यस्तो डरलाग्दो 'लुक्स' • Image Khabar Image Khabar


‘बच्चन पाँडे’मा भिलेनको रुपमा देखिदै अक्षय, यस्तो डरलाग्दो ‘लुक्स’


Imagekhabar
११ माघ २०७७, आईतवार ०८:५३

'बच्चन पाँडे'मा भिलेनको रुपमा देखिदै अक्षय, यस्तो डरलाग्दो 'लुक्स'

काठमाडौं । अक्षय कुमारको ‘बच्चन पाँडे’ अर्को सालको जनवरी २६ मा रिलिज हुने भएको छ । अक्षयले इन्स्टाग्राममा यो भनाइ पुष्टि गरेका छन् । उनले बच्चन पाँडेमा हुने अक्षयको तस्विर पनि सार्वजनिक गरेका छन् । यसमा उनी विल्कुल फरक देखिएका छन् । उनको आँखामा भिन्नै चमक देखिएको छ । यसमा उनी दाह्रीसहित चेन लगाएर भिलेनको अवतारमा देखिएका छन् ।

अक्षयले लेखेका छन्, ‘उसका बस लुक नै काफी छ, ‘बच्चन पाँडे’ २०२२ जनवरी २६ मा रिलिज हुँदैछ ।’ अभिनेत्री कृति सनोन र जैकलीन फर्नांडीजका साथ अक्षयले बुधवारदेखि नैसलमेरमा फिल्म शूटिगं सुरु गरेका छन् । चैतसम्मा शूट जारी रहनेछ ।

फिल्मको गडीसर झील र जयसालकोट जैसी जस्ता स्थानमा शूटिगं गरिनेछ । फरहाद सामजीको निर्देशनमा अक्षय एक गैंगस्टरको भूमिकामा देखिदैछन् । जो एक अभिनेता बन्ने इच्छा राख्दछन् । अभिनेत्री कृति भने पत्रकारको भूमिकामा देखिदैछन् । जो एक दिर्नेशिक बन्ने इच्छा पनि राख्दछिन् । फिल्ममा अरशद वारसी नायकका साथीको रुपमा देखिदैछन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्